• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • शेयर बजार ,
  • मुख्य खबर

नयाँदिल्लीको झाँसी रोडस्थित खाद्यान्न बजारमा आगलागी, कम्तीमा ३५ को मृत्यु

भारत नयाँदिल्लीको रानी झाँसी रोडस्थित खाद्यान्न बजारमा आगलागी हुँदा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीले घटनामा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। १५ जनाको स्थिति गम्भीर रहेको बताइएको छ।

घाइतेहरुलाई स्थानीय लोकनायक, हिन्दु राव तथा सफदरगन्ज अस्पतालमा भर्ना गरिएको छ। उक्त बजारमा अझै कैयौं मानिस फसेको हुनसक्ने आशंकामा उद्दारकार्य जारी छ।

आगलागीस्थलमा २५ दमकल आगो निभाउन प्रयासरत छन् । दमकल विभागका प्रमुख अतुल गर्गले ५० जनाभन्दा बढी मानिसको उद्दार गरिसकिएको जानकारी दिएका छन्।

साँघुरो गल्लीमा उक्त बजार भएकाले एम्बुलेन्स र दमकल लैजान समस्या भएको बताइएको छ। उद्दारकर्मीहरुले घाइतेलाई काँधमै बोकेर बाहिर ल्याएका छन्। आगो लागेको भवनमा कागज र गत्ता राखिएकाले त्यसबाट निस्केको धुवाँले पनि उद्दारमा समस्या भएको छ।

उद्दारमा संलग्न एक अधिकारीका अनुसार आगो नियन्त्रणमा लिइए पनि उद्दार तथा हराइरहेकाहरुको खोजबिन जारी रहेको छ ।

मुख्यमन्त्री अरबिन्द केजरीवालले घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीट गरेका छन्।

प्रतिक्रिया