पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल विजयी

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले २–१ को जित हासिल गरेको हो । मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा मध्यान्तरपछि नेपालका लागि अनन्त तामाङले निर्णायक गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् ।

मध्यान्तर अघिसम्म नेपाल र माल्दिभ्सबीच १–१ गोलको बराबरी थियो । खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सन् १९९९ यता दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको पहिलो जित हो ।

यसअघि सन् १९९९ मा माल्दिभ्समाथि नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पुरुष फुटबलतर्फ जित हासिल गरेको थियो ।

प्रतिक्रिया