काठमाडौँ। पछिल्लो समय टिपिकल गीतमार्फत युवामाझ चर्चित गायक तथा सर्जक सुवास खत्रीको नयाँ गीत ‘चीलमा छु’ सार्वजनिक भएको छ। युवाहरूको भावनालाई अडियो र भिडियोमार्फत प्रस्तुत गरिएको उक्त गीतले सामाजिक सञ्जालमा राम्रो प्रशंसा पाइरहेको छ।
सुजित खत्रीको शब्द तथा सुवास खत्रीको लय सिर्जना रहेको यस गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। गीतको निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने प्रभात पल ठकुरी र निता ढुंगानाको अभिनय देख्न सकिन्छ।
उक्त गीत सुवास खत्रीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।