दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ३६ करोडभन्दा बढीको कारोबार

काठमाडौं । लगातार दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। सोमबार ८.१६ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २०.७५ अंकले घटेर बन्द भएको हो।

आज ०.७७ प्रतिशतले घट्दै नेप्से २६४२.१५ विन्दुमा सीमित भएको छ। बजारमा म्युचुअल फण्ड र व्यापार समूहबाहेक सबै उपसूचक राताम्य देखिएका छन्। फाइनान्स समूह २.११ प्रतिशतले घट्दा जलविद्युत १.६३ प्रतिशत, होटल तथा पर्यटन १.१९ प्रतिशत र विकास बैंक समूह १.१८ प्रतिशतले ओरालो लागेको छ।

परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। ३५४ कम्पनीका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

घट्दो बजारका बीच ४२ कम्पनीको सेयर मूल्य भने बढेको छ। सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले उकालो लाग्दा रिलायन्स स्पिनिङ मिल्स ९.६४ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया