भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्री माधव नेपालसँग भेट्न समय दिएनन्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गर्ने समय नदिएपछि उनको भारत भ्रमण रोकिएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपालको भूमि समेटेर भारतले नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिकाबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतको रुपमा भारत जान लागेका नेता नेपाललाई विभिन्न कारण देखाउँदै भारतीय प्रधानमन्त्री मोदीले भेट्न समय नदिएका हुन् ।

यसबारे बुधबार बसेको सत्तारुढ नेकपाको सचिवालयको बैठकमा ब्रिफिङ गराइएको छ । मोदीले भेट्ने समय नमिलाएपछि नेता नेपालको भारत भ्रमण रोकिएको छ । भेटघाटका लागि दुवै देशका परराष्ट्रमन्त्रालय मार्फत समन्वय भइरहे पनि मोदीको समय नमिलेको बुधबार बसेको नेकपाको बैठकमा ब्रिफिङ गरिएको हो ।

प्रतिक्रिया