५ जिल्लाका सिडिओको सरुवा

गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। चितवनका सिडिओ जितेन्द्र बस्नेतको पर्सामा तथा पर्साका नारायण भट्टराईको चितवनमा सरुवा भएको छ।

भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ। गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर सरुवा गरिएको छ।

त्यस्तै, लमजुङका सिडिओ डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्कालाई लमजुङ पठाइएको गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया