एसवाई प्यानेल नेपाललाई ५२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई साधारण जनता समक्ष शेयर (IPO) निष्काशन गर्ने अनुमति दिएको छ। कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर सार्वजनिक गर्न लागेको हो। यो निष्काशन कम्पनीको कुल जारी पुँजीको ४० प्रतिशत हो।

कम्पनीको कुल जारी पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ। यसमध्ये ६० प्रतिशत हिस्सा संस्थापक समूहको स्वामित्वमा रहनेछ भने बाँकी ४० प्रतिशत हिस्सा सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

सर्वसाधारणलाई शेयर निष्काशन तथा वितरण प्रक्रियामा प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ। यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको थियो। बोर्डले आवश्यक प्रक्रिया पूरा गरेपछि सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो।

यो सार्वजनिक निष्काशनपछि सर्वसाधारण लगानीकर्ताले निर्माण व्यवसायमा संलग्न कम्पनीमा प्रत्यक्ष लगानी गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया