खेलकुदको बजेटमा मन्त्रीसहित ४० लाई दौरा–सुरुवाल तर छैन खेलाडीको लागि

काठमाडौं । मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रुपमा दौरा –सुरुवाल लगाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिँदा पनि बालदले अस्वीकार गरे ।

तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए ।

गृहमन्त्री मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् । सागका लागि विनियोजित बजेटबाट उनीहरुले छालाको कालो जुत्ता, मोजा र टोपी पाएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

तर, दर्भाग्य नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्नेभनिएकोमा त्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल नभ्याइएको भन्दै उनीहरु ट्याक सुटमै हिँडाइएको थियो ।

प्रतिक्रिया