सुनको मूल्य घट्यो, चाँदीको बढ्यो कतिमा छ आजको कारोबार

काठमाडौंं - सुनको भाउ निरन्तर दोश्रो दिन पनि सस्तिएको छ । भदौ २८ गते, मंगलबार सुन तोलामा १०० रुपैयाँले घटेको छ । यस दिन चाँदी भने महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ ।

साताको दोश्रो दिन पनि सुन तोलामा ३०० रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको छ ।

सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १५० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया