• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

मिर्मिरे लघुवित्तको बोनस प्रस्ताव

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आव २०७७/८८ बाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले स्वेडा र नागबेली लघुवित्तलाई मर्जर तथा प्रति कार्य गरेकोले बोनसको कर नलाग्ने हुँदा प्रस्ताव गरिएको छैन ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति भई लघुवित्तको साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आव २०७६।७७ मा ९.२० प्रतिशत बोनस र ०.४८ नगद गरी ९.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लघुवित्तको हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रहेको छ । बोनसपछि ५२ करोड २० लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया