काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको दुहवीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १६ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।