आज विश्व ध्यान दिवस

काठमाडौं - आज नेपालमा विश्व ध्यान दिवस विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक, तथा सामाजिक संस्थाहरूले मनाउँदैछन्। संयुक्त राष्ट्रसङ्घको महासभाले २०२४ को डिसेम्बर ६ मा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो।

यस अवसरमा विश्वभर ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना हुने योजना रहेको छ। नेपाल सरकारले पनि ध्यान दिवस मनाउने निर्णय गरेको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनले देशभरका ९० वटा गुरुकुलमा रुद्राभिषेकपछि बिहान ८:४५ बजे सामूहिक ध्यान कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ।

त्यसैगरी, जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायतका संस्थाहरूले पनि विविध कार्यक्रमहरू आयोजना गर्दै ध्यान दिवस मनाउँदैछन्।

संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मान्यता दिएपछि यो दिवस मनाउने परम्परा सुरु भएकोहो।

प्रतिक्रिया