सहकारी विभागबाट स्वीकृत विनियम अनुसार हबको कारोबार,बदनाम गर्न गलत प्रचार


काठमाडौं–केही सञ्चार माध्यमले हब कोअपरेटिभ सर्भिल प्रालिको बारेमा गलत र तथ्यहिन समाचार प्रकाशित गरेर प्रचार गरेको पाइएको छ ।  सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र संस्थाको स्विकृत विनियम अनुसार हब कोअपरेटिभ सर्भिस लि.ले कारोबार गर्दै आएकोमा अनुमति नलिई कारोबार गरेको भन्दै प्रचार गरेको भन्दै हब कोअरेटिभले आपत्ति जनाएको हो ।


केहि व्यवसायीक प्रतिस्पर्धी समूह तथा वक्तीहरुको उक्साहटमा केही सञ्चार माध्यममा अनर्गल र भ्रामक समाचार प्रकाशित भएको संस्थाको दाबी छ । 
गतवर्षदेखि वित्तीय कारोबार शुरु गरेको हबले एक वर्षको अवधि पुरा भएकोमा हाल सम्म शेयर र निक्षेप गरि १२ करोड कारोबार ननाघेकोमा केहि सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरेको भन्दै गलत प्रचार गरेको जनाएको छ । १२ करोडको कारोबार भएको संस्थाले ५० करोड कारोबार गरेको गलत र भ्रामक तथ्य प्रस्तुत गरेर संस्थाको बदनाम गराउने प्रयास गरेको सहकारीले जनाएको छ ।


केहि व्यवसायीक प्रतिस्पर्धी समूह तथा व्यक्तिहरु उक्साहटमा केही सञ्चार माध्यममा अनर्गल प्रचार गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संस्थासँग कारोबार गरिरहेका कुनै पनि सदस्यहरुको निक्षेप जोखीममा नरहेको समेट स्पष्ट पारेको छ । सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, र संस्थाको स्विकृत विनियम हब सहकारी सञ्चालनका मुख्य आधार भएको भन्दै स्वार्थ समूहको प्रभावमा उक्साहटमा हब सहकारी संस्था र संस्थाका अध्यक्ष दक्ष पौडेल “सुभाष” का बिरुद्धमा भ्रामक समाचार प्रकाशित गरेको सहकारीका निमित्त प्रमुख कार्यकारी अधिकृत हिरामणी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


हब कोअपरेटिभ सर्भिस लि. ले सहकारी ऐन २०७४ को दफा २५ को उपदफा (झ) अनुसार स्विकृत विनियममा उल्लेखीत कार्यहरु गरिरहेको जनाएको छ । सम्पूर्ण सहकारी संघ संस्थाहरुले स्विकृत विनियममा उल्लेखित कार्यहरु गर्दा ऐन अनुसार हुने पनि प्रष्ट पारेको छ । सहकारी ऐन २०७४ को जगमा खडा भएको  हब कोअपरेटिभ सर्भिस लि. ले ऐनको दफा ३० को उपदफा (२) मा व्यवस्था भए बमोजिम उत्पादनमूलक र सेवामूलक समेत कार्य गरिरहेका संघ संस्थाहरुलाई स्विकृत विनियम बमोजिम सदस्यता प्रदान गरिरहेको जनाएको छ । 


सहकारी नियमावली २०७५ को दफा (८०) को उपदफा (४) मा भएको व्यवस्था “सहकारी संस्थाले विनियममा व्यवस्था गरी विद्युतीय प्रणाली मार्फत आफ्ना सदस्यले नेपाल भरको कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्नेछ’ अनुसार कारोबार भएको जनाएको छ ।
सहकारीको स्विकृत विनियममा नै समावेश गरि अन्तर सहकारी कारोबार गरिरहेको समेत जनाएको छ ।  सहकारी संस्थाले सहकारी नियमावली २०७५, र सहकारी ऐन २०७४ अनुसार संस्थाको स्विकृत विनियम बमोजिम सदस्यहरुसँग बचत र ऋणको कारोबार गर्दा राष्ट्र बैकबाट स्विकृती लिनुपर्ने कानुनी व्यवस्था कँही कतै नभएको समेत जनाएको छ ।


नेपाल राष्ट्र बैकबाट स्विकृती प्राप्त बिद्युतीय भुक्तानी प्रदायक निकायसँग सहकार्य गरि सदस्यहरुलाई विनियममा व्यवस्था भए बमोजिम बिद्युतीय वित्तिय सेवा उपलब्ध गराउन लागिरहेको समेत हब कोअपरेटिभले जनाएको छ ।  ऐनको दफा २५ को उपदफा (झ) ले स्विकृत विनियममा उल्लेखीत कार्य गर्न अधिकार दिए बमोजिम हब कोअपरेटिभ सर्भिस लि. ले सहकारी संस्थाहरुलाई आधुनीकीकरण र प्राविधिकिकरण गर्ने कार्य गरिरहेकोले जनाएको छ । सहकारीका छैठौं सिद्धान्त “सहकारी संस्थाहरुका बिचमा सहयोग” मा आधिरित भई नेपालको सहकारी आन्दोलनलाई आधुनीकीकरण र प्राविधिकरण गर्ने अभियानमा हक कोअपरेटिभ सर्भिस लि. दृढताका साथ लागिरहेको हबले जनाएको छ ।
 

प्रतिक्रिया