काठमाडौं— लामो राजनीतिक रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार वार्तामा सहमति भएपछि कार्कीलाई आज राति ८:४५ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ।
शीतल निवासमा भएको वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति, सुशीला कार्की र कानुनविद्हरू सहभागी भएको जनाइएको छ।