निरन्तर घटिरहेको सुनको मूल्य, बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो

काठमाडौंं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ । जुन,हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज ५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया