दुर्गा प्रसाईं पुनः पक्राउ, आचारसंहिता उल्लंघनमा अनुसन्धान

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

यसअघि पनि प्रसाईं विभिन्न प्रकरणमा पटक–पटक पक्राउ परेर छुट्दै आएका थिए। हाल उनीमाथि आचारसंहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया