काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ। आज नेप्से ५९.०२ अंकले घट्दै २५२९.३३ विन्दुमा कायम भएको छ। अब नेप्से ३० अंकले घटेमा परिसूचक २४०० विन्दुमा पुग्नेछ।
आज प्रि-ओपन सेसनमा नेप्से १९ अंकले बढेर सुरु भएको भए पनि शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लाग्यो। दिनभर बजारले सुधारको कुनै संकेत देखाएन। अन्ततः बजार बन्द हुँदा नेप्से ५९ अंकले घटेर बन्द भयो। बजार बन्द हुनुभन्दा २० मिनेटअघि परिसूचक २५१७ विन्दुमा पुगेको थियो, तर अन्तिम दुई मिनेटमा केही सुधार देखाउँदै २५२९ विन्दुमा बन्द भयो।
सोमबार सेयर बजारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो भने १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच भयो। कुल ३२९ कम्पनीको शेयर कारोबार हुँदा, ७७ हजार १५३ पटक कारोबार गरिएको छ।
आज १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ। १ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। १३ वटा समूहमध्ये सबै समूह राताम्य भए। सबैभन्दा बढी फाइनान्स समूह ५.५६ प्रतिशतले घटेर २८५१.६८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फन्ड समूह ०.४८ प्रतिशतले घटेर २०.८७ विन्दुमा झरेको छ।
अन्य समूहहरूले पनि नकारात्मक परिणाम देखाए, जसमा वाणिज्य बैंक समूह १.२७ प्रतिशतले, विकास बैंक २.४६ प्रतिशतले, होटल एण्ड टुरिजम ३.३४ प्रतिशतले, हाइड्रोपावर २.८९ प्रतिशतले, लगानी समूह २.७३ प्रतिशतले, जीवन बीमा २.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.८१ प्रतिशतले, लघुवित्त २.५६ प्रतिशतले, निर्जीवन बीमा २.६९ प्रतिशतले, अन्य समूह २.२२ प्रतिशतले, र ट्रेडिङ समूह ३.९३ प्रतिशतले घटेका छन्।