• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

भाग्य बलियो हुनेले मात्र पाउने मनकामना स्मार्ट लघुवित्त वित्तीय शेयर बाँडफाँड आज

काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड आज ९:३० बजे हुने छ । 

उक्त आईपीओको बाँडफाँड सोमबार बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा गरिने भएको क्यापिटलले जनाएको छ । आईपीओको प्रि(अलटमेन्ट शुक्रबारसम्पन्न भएको थियो ।

कम्पनीको आईपीओमा करिब साढे २० लाखले आवेदन दिएका थिए । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३।१० गुणा बढी हो ।

प्रतिक्रिया