बिहिबार स्थिर भाउमा कारोबार हुँदै सुनको मूल्य

काठमाडौंं - बिहिबार सुनको भाउ स्थिर रहेको छ । असोज २७ गते, सुन बुधबार कै भाउमा कारोबार भइरहेको छ । यद्यपी चाँदी भने लगातार चार दिनदेखि सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । बुधबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले महंगिएको थियो ।

बिहीबार चाँदीको मूल्य भने गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार १९० रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य निरन्तर चौथो दिन ओरालो लागेको हो । आइतबारपछि चाँदी तोलामा ६५ रुपैयाँले घटिसकेको छ ।

प्रतिक्रिया