लोकदोहोरीका बादशाह शिव हमालको नयाँ प्रयोग: ‘त्यो कथा’ गीतमा फरक पन

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा धेरै कलाकारलाई सांगीतिक उचाइ दिन सफल लोकप्रिय सर्जक शिव हमालले लोकदोहोरीमा नयाँ प्रयोग गर्न रुचाउने गरेका छन्। उनले आफ्नो पछिल्लो गीत ‘त्यो कथा’ मार्फत गीति कथाको स्वरूपमा एक उत्कृष्ट सांगीतिक कोशेली प्रस्तुत गरेका छन्।

लगानी र सिर्जनाको दृष्टिले आधा घण्टा लामो गीत तयार गर्नु चुनौतीपूर्ण काम हो। त्यसमा पनि एउटा जीवनको सम्पूर्ण कथा गीतमार्फत व्यक्त गर्नु झन् कठिन कार्य मानिन्छ। यस पटक हमालले निर्देशन र सिर्जनामार्फत आफ्नो क्षमता प्रभावशाली रूपमा प्रस्तुत गरेका छन्।

‘त्यो कथा’ गीतले एक असफल प्रेमीको कथा फरक शैलीमा प्रस्तुत गर्छ। यस गीतमा आधा दर्जनभन्दा बढी कलाकारको संलग्नता रहेको छ, जसका कारण यो कुनै चलचित्रभन्दा पनि दमदार महसुस गरिन्छ।

गीतका लय तथा शब्द सर्जक हमालले आफैं सिर्जना गरेका हुन् भने संगीत संयोजन विश्वास नेपालले गरेका छन्। कुशल बेलबासे, जुना श्रीस मगर, रवि कार्की, सन्ध्या बुढा, शर्मिला गुरुङ र शिव हमालकै स्वर रहेको गीतमा रवि कार्की,शिशिर पौडेल,सन्ध्या बुढा,रजनी गुरुङको अभिनय रहेको छ । गीतको निर्देशन पनि हमालले आफैं गरेका छन्। 

 

प्रतिक्रिया