काठमाडौं – उत्कृष्ट शब्द र सङ्गीत रहेको नयाँ गीत पानी खोलीको सार्वजनिक भएको छ। देवी घर्ति र कुशल बेलबासेको सुमधुर आवाज रहेको यस गीतले माया–प्रेमलाई विषय बनाएको छ।
गीतका शब्द पुष्पल शर्माले लेखेका हुन् भने सङ्गीत कुशल विश्वकर्माले दिएका छन्। अडियो जस्तै भिडियो पक्षमा पनि निर्माण टिमले विशेष मेहनत गरेको देखिन्छ।
गीतको निर्देशन पछिल्लो समय आफूलाई अब्बल सावित गर्दै आएका युवा निर्देशक निशान बाँनियाँले गरेका छन्। अभिनयतर्फ जुना विश्वकर्मा र शिशिर पौडेलको दमदार प्रस्तुति रहेको छ।
गीतको उत्कृष्ट शब्द, सङ्गीत, निर्देशन र दमदार अभिनयका कारण पानी खोलीको दर्शकमाझ रुचाइने अपेक्षा गरिएको छ।