एउटा ऐतिहासिक तिहार गीत,जसलाई सम्भव बनाए धौलागिरीका सर्जक विष्णु खत्रीले (भिडियो सहित)

काठमाण्डौ । दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रको चर्चाको शिखरमा रहेका बहुप्रतिभाशाली गायक तथा कुशल सर्जक विष्णु खत्रीको नयाँ र ऐतिहासिक तिहार गीत शंकर ध्वनी भर्खर मात्र सार्वजनिक भएको छ  । 

नेपाली सांगीतिक क्षेत्रमा यस्तो संयोग निकै कम मात्र देख्न सकिन्छ जसलाई सम्भव बनाए खत्रीले । दाेहाेरी क्षेत्रमा मौलिकता हराउँदै गएको आरोप लागिरहेको बेला यस्ता गीतले यो क्षेत्रको विकास र सम्मानमा एक इट्टा थप्ने छ । 

एउटै गीतमा नेपाली लोकदोहोरीका चर्चित अनुहार देख्न पाईन्छ । विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको सो मौलिक तिहार गीतमा विष्णु खत्री,देवी घर्ति,बद्रि पंगेनी,जुना श्रीस,विमलराज क्षेत्री,शर्मिला गुरुङ,राजु परियार र टिका सानुको  आवाज सुन्न सकिन्छ । 

विष्णु खत्रीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा काजिश श्रेष्ठको निर्देशन देख्न सकिन्छ भने रामजी खाँण,करिश्मा ढकाल र लोमश शर्माको गीतमा अभिनय देख्न सकिन्छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ । 

 

प्रतिक्रिया