कालिन्चोक दर्शनको आइपीओ बाँडफाँड हुने मिति तय ,धेरैले शेयर नपाउने 

काठमाडौं । केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको कालिन्चोक दर्शन कम्पनीको आइपीओ अर्को साता बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यसमा मागभन्दा १८।५२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् ।जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये १०५ अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमध्ये ५५ अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
 
बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । 

प्रतिक्रिया