सुवेदीको मौद्धिक सिर्जना कस्को अनुमती - भिडियो सहित

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा दुई दशक देखि सक्रिय सर्जक शिव सुवेदीको नयाँ गीत कस्को अनुमती भर्खर मात्र सार्वजनिक भएको छ । 

थोरै तर मौद्धिक र उत्कृष्ट सिर्जना गर्ने सुवेदीको यस अघि पनि दर्जनौं उत्कृष्ट गीतहरु सार्वजनिक भइसकेका छन । पछिल्लो गीतमा सुवेदीले माया प्रेमलाई कलात्मक रुपले शब्द र लयमा उतारेका छन । 

पछिल्लो समयकी चर्चित गायिका शान्ती श्री परियार र विक्रम परियारको आवाज रहेको गीतलाई सुवेदीलेनै लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने म्युजिक भिडियो समेत कलात्मक बनाइएको छ । 

विनोद भण्डारीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र गरिमा शर्माको अभिनय रहेको छ । गीतलाई शिव सुवेदीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया