काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बजार बन्द भएको छ। विशेष गरी विकास बैंकमा आएको उछालले आज नेप्सेलाई हरियो बनाएको छ।
परिसूचक ६ अंकले बढेर समग्र बजार २९७४ विन्दुमा पुगेको छ। नेप्सेले धेरै पटक ३ हजारको विन्दु पार गरेको भए पनि त्यो विन्दुमा कायम रहन सकेन। आज ३३३ कम्पनीहरूको १९ अर्ब १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन ८ कम्पनीहरूको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ भने साईन रेसुङ्गा विकास बैंक अग्रस्थानमा रहेको छ।
उपसूचकहरूमा विकास बैंकतर्फ ४ प्रतिशतको वृद्धि देखिएको छ भने फाइनान्स र होटल उपसमूहहरू पनि बढेका छन्। व्यापार, ननलाइफ बीमा समूह भने घटेका छन्। यता सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि सामान्य अंकले बढेका छन्।
निरन्तर देखिएको कारोबार रकम एक्कासि घट्नुका पछाडि ठूला लगानीकर्ताहरूको "पर्ख र हेर" रणनीति रहेको विश्लेषकहरूले बताएका छन्। नेप्सेले ३ हजारको विन्दु पार गरेपछि "अल टाइम हाई" विन्दु तोड्ने धेरैको बुझाइ रहेको छ।