सर्वोत्तम सिमेन्टको मूल्य लगातार ओरालो लाग्दै,मंगलबार पनि बिक्री चाप

काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ । आइतबारबाट भने कमपनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ भने कारोबारमा भने लगानीकर्ताको निकै चासो देखिएको छ । 

आइतबार नकारात्मक सर्किट साथै सोमबार समेत शेयर मूल्य घटेर  कारोबार भएको सो कम्पनीको शेयर मूल्यमा आज निकै उतारचढाव देखिएको छ । यो समाचार तयार गर्दा सम्म कम्पनीको शेयर मूल्य ११ रुपैयाँ प्रति शेयर घटेर ९ सय १० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको १६ हजार कित्ता भन्दा धेरैको कारोबार भएको छ ।  कम्पनीको शेयर मूल्य अधिकतम १०८३ सम्म पुगेको थियो । 

प्रतिक्रिया