म्युचुअल फण्डलाइ आइपीओ बेच्न कडाइ गरेसँगै साना लगानीकर्तालाइ फाइदा

काठमाडौं - नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई आइपिओ बिक्री गर्न ६ महिने सीमा अवधि तोकिदिएपछि त्यसको असर नयाँ आइपिओ निष्कासन गर्ने कम्पनीमा पर्न थालेको छ।

कुनै पनि कम्पनीले आइपीओ निष्कासन गर्ने बेला जम्मा सेयरको ५% म्युचुअल फण्डलाई छुट्टाउने गरेका थिए। सो आइपिओ दोस्रो बजारमा कारोबार हुन थालेपछि म्युचुअल फण्डहरुले तत्काल बिक्री गरी प्रफिट बुक गर्ने गरेका थिए । 

यसले नयाँ आइपीओ सार्वजनिक गरेका कम्पनीहरूको सेयर बिक्री प्रेसर बढेर मूल्य छिटो तल झर्ने देखिएको थियो तर पछिल्लो समय धितोपत्र बोर्डले छ महिनासम्म आइपीओ बेच्न नपाउने नियम ल्याएसँगै त्यसको प्रभाव नयाँ आइपीओ निष्कासन गर्ने कम्पनीहरूमा देखिन थालेको छ। 

यो नियम पछाडि सार्वजनिक भएका आइपिओ निष्कासन गरेका कम्पनीहरूको सेयर मूल्य लगातार उकालो लागिरहेको छ। यसमा मुक्तिनाथ कृषि विकास कम्पनी, हिमालयन रिइन्सुरेन्स लगायतका कम्पनीहरू हुन्। 

आइपीओको मूल्य लगातार उकालो लागेपछि त्यसको प्रत्यक्ष फाइदा नयाँ लगानीकर्ताहरूले लिन पाएका छन्। छोटो समयमै आइपीओ बिक्री गर्ने साना लगानीकर्ताहरू यसको प्रत्यक्ष फाइदा लिन पाएका हुन् । 

प्रतिक्रिया