शेयर बजारका लगानीकर्ताले मन् नपराएका अर्थमन्त्री फेरिने ?

काठमाण्डौ । नेकपा एमालेको तर्फबाट अर्थमन्त्री बनेका विष्णु पौडेलको पालामा उच्च विन्दुमा पुगेको शेयर बजार त्यस यता नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्मा आएपछि भने ठुलो अङ्कले घटेर २३ सयको विन्दुमा आयो । यो विषयलाई लिएर लगानीकर्ताले अर्थमन्त्रीको चर्को आलोचना गरिरहेका छन । 

अझ बुझ्ने भाषामा भन्दा लगानीकर्ताले अहिलेका अर्थमन्त्रीलाई त्यति मन पराएका छैनन् । तरलता समस्या समाधान गर्न तथा शेयर बजारमा देखिएका समस्या समाधान गर्न तर्फ कुनै प्रभावकारी कदम नचालेको लगानीकर्ताको आरोप छ । 

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १५ सम्ममा मन्त्रिपरिषद्‌मा केहि फेर बदल गर्ने सम्भावना बढेको छ । त्यसपछि चुनावी आचार संहिता लागू हुने हुँदा चैत १५ अघिनै केही मन्त्री थप्ने र फेर्ने गृहकार्यमा देउवा रहेको स्रोतको दावी छ । 

कार्यसम्पादनमा कमजोर देखिएका केही मन्त्रीहरू हेरफेर र रिक्त रहेका मन्त्रालयमा समेत नयाँ नियुक्ति गर्ने गरी प्रम देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् । फेरिने मन्त्रीको सूचीमा अर्थमन्त्री जनार्दन शर्मा पनि रहेका बताइन्छ । तर माओवादीले आधिकारिक निर्णय नगर्दा सम्म यो सम्भव भने छैन । अहिलेको सङ्कटपूर्ण अर्थतन्त्र समाधान गर्न मन्त्री असफल भएको देउवाको बुझाइ छ । यस विषयमा देउवाले दाहालसँग पनि छलफल गरेको बुझिएको छ । 

देउवा कांग्रेसको भागमा परेको कुनै महत्वपूर्ण मन्त्रालय दिएर भए पनि अर्थमन्त्रालयकै आफ्नो दलले लिने विषयमा प्रचण्डसँग छलफल गरिरहेका स्रोतको दावी छ । यो विषयमा पहिला देखिनै चर्चा चल्दै आएको छ तर माओवादीले आधिकारिक रुपमा मन्त्री फिर्ता बोलाउने निर्णय नगर्दा सम्म देउवालाई हटाउन कठिन हुने देखिन्छ । 

शेयर बजारका लागि अलोकप्रिय मन्त्री 

राष्ट बैंक र अर्थमन्त्राल बिच समन्वय गर्न शर्मा असफल भएको धेरैको बुझाई छ । एमाले सरकारमा चयन भएका अहिलेका गर्भनर सरकारलाई असहयोग गरेको समेत कतिको बुझाई छ । 

शेयर धितो कर्जाको सीमा १२ करोड बनाउँदा अर्थमन्त्रालयले कुनै प्रभावकारी कदम नचालेको समेत धेरैको आरोप छ । शेयर धितो कर्जाका कारण नै अहिले बजार यो अवस्थामा झरेको कतिको बझाइ छ । यदि अर्थमन्त्री फेरिने अवस्था आए त्यो शेयर बजारका लागि राम्रो हुने लगानीकर्ताको विश्वास छ ।

प्रतिक्रिया