पछिल्लो २४ घण्टामा १६३०   जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशभर १४७८ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट १२५१ र एन्टिजेन परीक्षणबाट २२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।

२४ घण्टामा १६३०   जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । 

हालसम्म पीसीआर परीक्षणबाट ७ लाख ८७ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८९ हजार ६०९ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ । 

जम्मा कोरोना पुष्टि हुनेको संख्या ८लाख ७७ हजार ४३७ पुगेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ । 
७ लाख ५५ हजार ६३० जना कोरोनामुक्त भएका छन् । 

कोरोनाबाट मुक्त हुनेको संख्या ११ हजार ५९ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमित २१ हजार १३९ जना छन् । 

प्रतिक्रिया