आईएमई लाइफद्वारा लैनचौरमा CCTV क्यामेरा हस्तान्तरण

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामुदायिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले लैनचौर युवा क्लबलाई CCTV क्यामेरा हस्तान्तरण गरेको छ।

हातवे कम्प्लेक्स, लैनचौरमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी, स्थानीय समुदायका सदस्य र प्रहरीको उपस्थिति रहेको थियो।

कम्पनीले यस पहललाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको गतिविधि भएको जनाएको छ। यस किसिमका कदमहरूले सामुदायिक स्तरमा सुरक्षा व्यवस्थामा सुधार ल्याउने र स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया