काठमाडौँ । कुशल सर्जक तथा गायक बद्री सापकोटाको लय तथा शब्द सिर्जनामा रहेको नयाँ गीत ‘नगर मायाले मुख छुच्चो’ हालै सार्वजनिक भएको छ। अडियो तथा भिडियो दुवै उत्कृष्ट रहेको यस गीतलाई छोटो समयमै दर्शक-स्रोताले मन पराएका छन्।
गीतमा बद्री सापकोटाकै लय तथा शब्द रहेको छ भने उनलाई गायनमा शान्ती श्री परियारले साथ दिएकी छन्। गीतको अडियो तथा भिडियो निर्माणमा निर्माण टोलीले निकै मेहनत गरेको देखिन्छ। संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्।
विक्रम चौहानको निर्देशनमा तयार गरिएको भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली, र ममता बुढाथोकीको अभिनय रहेको छ।