प्री ओपन सेसन: आठ अंकले बढ्यो नेप्से, पहिलो कारोबार बाराही हाइड्रोपावरको कतिमा भयो ओपनिङ रेञ्ज

काठमाडौंँ -बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढेको छ।बाराही हाइड्रोपावर (BHPL) को पहिलो कारोबार भएको छ।यस दिन कम्पनीको शेयर प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३.०३ अंक घटेर २०६१.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.२८ अंक बढेर २०६९.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.६४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १७ स्टकको ३८ लाख ७३ हजार ०६७ रुपैयाँ बराबरको १ हजार २९४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने बाँकी ३ स्टकको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया