नेप्से परिसूचक सामान्य करेक्सनसहित घट्यो कारोबार रकम पनि

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य करेक्सनसहित घटेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनमा ७६.८ अंकले उकालो लागेको नेप्सेमा यो दिन भने लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा करेक्सन भएको हो।

बिहीबार नेप्से परिसूचक ११.१० अंकले घट्दै २६५४.३५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.९९ अंकले घट्दा फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले घटेका छन्।

यस दिनको कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३१८ स्टकका ८४ हजार ७ पटकको कारोबारमा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन तीन स्टक सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, र सिक्लेस हाइड्रोपावर सकारात्मक सर्किट लेभलमा कारोबार भए। सप्तकोशी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्तको शेयर करिब १० प्रतिशतले वृद्धि भयो। तर, सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर भने नकारात्मक सर्किट लेभलमा कारोबार भए।

कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ३० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको साढे १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

प्रतिक्रिया