फागुन २१ को निर्वाचन सार्ने विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन कुनै पनि हालतमा नसरिने स्पष्ट पारेकी छिन्। हिमाली तथा पहाडी जिल्लामा चुनावी तयारी र सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि सोलुखुम्बु पुगेकी उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। देशलाई अस्थिरताको चक्रबाट बाहिर निकाल्न निर्वाचन नै एकमात्र विकल्प भएको उल्लेख गर्दै उनले सरकार आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले हिमाली भेगका भौगोलिक कठिनाइ, मौसमको अनिश्चितता र यातायात पहुँचजस्ता चुनौतीलाई ध्यानमा राखेर योजना बनाइएको बताइन्। उनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै चुनाव भयरहित, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गरिने विश्वास व्यक्त गरिन्। निर्वाचन सार्ने कुनै कारण नरहेको दोहोर्‍याउँदै उनले सम्बद्ध निकायलाई तयारी तीव्र बनाउन निर्देशन दिएकी छन्।

जिल्ला सुरक्षा समितिसँगको छलफलमा उनले दुर्गम मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाउन र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइन्। मतदाताले दबाब वा प्रभावबिना स्वतन्त्र रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न उनले जोड दिइन्। प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले जिल्लाको सुरक्षा अवस्था, मतदान केन्द्रहरूको भौतिक स्थिति र पहुँचसम्बन्धी विवरण प्रस्तुत गरेकी थिइन्। जिल्लामा १२३ मतदानस्थल रहेको र तीमध्ये सात हिमाली क्षेत्रमा पर्ने जनाइएको छ। हिमपात र मौसम परिवर्तनका सम्भावित जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजना पनि तयार पारिएको प्रशासनले जनाएको छ। प्रधानमन्त्री कार्कीले दुर्गम जिल्लाका नागरिकको मताधिकार सुरक्षित गर्नु सरकारको संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै आवश्यक सबै प्रबन्ध मिलाइने 

प्रतिक्रिया