मंगलबार नेप्सेमा हरियाली, कारोबार रकम पनि ५ अर्ब नजिक

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ। अर्थमन्त्री पुनको आगमनसँगै बजारले गति लिएको हो ।

मंगलबार बजार ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम हुन पुगेको छ । बजार बढेसँगै उक्त दिन चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । जीवन बीमा उपसूचक ५.४४ र माइक्रो फाइनान्स उपसूचक ५.०५ प्रतिशतले बढेको छ । यस दिन नेप्सेमा सूचीकृत २२ कम्पनीहरूको सेयर मूल्य घट्दा २२० कम्पनीहरूको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया