काठमाडौं । नेपाली कांग्रेस को १५औं महाधिवेशन असोजमा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो।
केन्द्रीय सदस्य दिनेश सुनार का अनुसार ‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ।’ वडा अधिवेशन भने भदौ महिनादेखि नै सुरु गर्ने तयारी गरिएको छ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकमा भदौमै महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरिएको भए पनि पछि संशोधन गरी असोजमा सारिएको नेताहरूले बताएका छन्।