काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.०४ प्रतिशत घटेको हो।
बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम भने ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। बुधबार कुल १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ। दिनभरको कारोबारमा बजार केही समय बढे पनि अन्तिमतिर दबाब देखिँदा नेप्से सामान्य घटेर बन्द भएको हो।
आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
समग्र बजारमा खरिदतर्फको दबाब केही बलियो देखिए पनि सूचकलाई माथि लैजान पर्याप्त नहुँदा नेप्से सामान्य घटेको हो। कारोबार रकममा भने लगानीकर्ताको सहभागिता कायम रहेको देखिन्छ।