एनसीसी बैंकको शेयर बिक्रीमा

एनसीसी बैंकले साढे ७ लाख कित्ता माथिको संस्थापक सेयर बेच्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । 

बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १०६, दिपक लामाले, ९५ हजार ७६७ र कैलाश प्रतिन्द्र अमात्यले ८७ हजार ३३५ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

यसैगरि, अम्बरबहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवनसिंह भण्डारीले १ हजार गरी कुल ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । 

यसमा, एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजारमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिन सक्नेछन् । 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया