भारतमा ग्यास सिलिण्डर विस्फोट, सल्यानका नौ नेपालीको ज्यान गयो

सांकेतिक तस्बिर

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिण्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ। विस्फोटमा सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यको ज्यान गएको हो।

मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन्। त्यस्तै, अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ।

दुवै परिवार रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए। ग्यास सिलिण्डर कसरी र किन विस्फोट भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया