काठमाडौंँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पछि अर्थमन्त्रीको बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेल पक्का पक्की भए पछि उनको प्रभावले शेयर बजारमा हरियाली छाएको छ ।
केहि दिन यता निरन्तर ओरालो दिसा तिर लम्किदैं गएको शेयर बजार पौडेल अर्थमन्त्रीमा आउने कुराले लगानीकर्ता उत्साहित बनेका छन् । पौडेल अर्थमन्त्री बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन र त्यसमा पनि विशेषगरी कसले अर्थमन्त्रालय सम्हाल्छ भन्ने विषयको सीधा असर सेयर बजारमा देख्न सकिन्छ ।
प्रधानमन्त्री केपी शार्मा ओलिको पालामा ९ महिना अर्थमन्त्री पदमा पौडले रहदाँ लगानीकर्ता हित लागि आवश्यक कार्य गरेकाले पनि शेयर बजार उनी आउने कुराले फेरी आकाशिएको हो ।जनार्दन शर्माले आफ्ना अर्थमन्त्री कार्यलयमा खासै पूँजी बजार सुधारका लागि काम गर्ने नसक्दा लगानीकर्ता रुष्ट थिए । शर्माले अर्थमन्त्रालय छाृेडेको कारणले पनि शेयर बजार सुधार तिर लम्किएको आंकलन गरीएको छ ।
पौडेलेको अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ताहरु बताउछन् । पौडेल हुदाँ ३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको छ । पौडेन पुन अर्थमन्त्रालयमा आउने कुराले आज भने शेयर बजार उचालिएको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८६ अकंले बढेर १९२४.०७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पीको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २० करोड ८८ लाख माथिको कारोबार भएको हो । साथै, हिमालयन डिस्टलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी पावरको ७ करोड २६ लाख र एनआइसी एशिया बैंकको ६ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।आज १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । गोर्खास फाइनान्सक, धौलागिरी लघुवित्त सहित १२ कम्पनीको शेयरमा सर्किट लागेको हो ।