कुशल गायक हेमन्तको कान्छा मायाको पिरले तड्पिँदै

काठमाण्डौ । बहुप्रतिभाका धनी सर्जक तथा गायक हेमन्त कान्छा रसाइलीले आवाज दिएको नयाँ गीत बनको हरिण भर्खर मात्र सार्वजनिक भएको छ । 

उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतमा आवाजमा हेमन्तलाई रितु बोहोराले साथ दिएकी छन । गीतले  माया प्रेममा परेका युवा युवतीको कथालाई विषय बनाएको छ । 

राजकुमार बगरको शब्द तथा हेमन्त कान्छाको लय सिर्जना रहेको गीतको म्युजिक भिडियो रमेश बिक रसाइलीले गरेका छन भने हेमन्त कान्छा, जुना गुरुङ, शर्मिला गुरुङ,सिर्जना रोका,कृष्ण कुमारी खड्का र पवित्रा पाण्डेको अभिनय रहेको छ । 

 

प्रतिक्रिया