मोलुङ्ग हाइड्रोपावरले सवा ३५ करोडको आईपीओ निष्कासन गर्ने


काठमाण्डौ–पुँजी बजारमा अर्को कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सवा ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।


मोलुङ्ग हाइड्रोपावरले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ । कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ । बाँकी २७ लाख २८ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

गत फागुन ६ गते सम्पन्न कम्पनीको ११ साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो। जारी पुँजीमा सेयर संरचनाअन्तर्गत ५६५ अर्थात ४४ करोड ९४ लाख रुपैयाँ संस्थापक सेयर र ४४५ अर्थात ३५ करोड ३१ लाख रुपैयाँबराबरको सेयरको सार्वजनिक निष्काशनबाट संकलन गर्ने निर्णय सभाले गरेको थियो।
 

प्रतिक्रिया