यातायात कार्यालयको सूचनाविरुद्ध ड्राइभिङ स्कुलहरूको विरोध

काठमाडौं : बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले केही निश्चित सर्तसहित सूचना जारी गरेपछि अन्य ड्राइभिङ स्कुलहरूले त्यसको विरोध गरेका छन्। स्कुलहरूले उक्त सूचना पक्षपातपूर्ण, आर्थिक चलखेलमा आधारित र प्रतिस्पर्धा नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाउँदै त्यसको तत्काल रोकको माग गरेका छन्।

ड्राइभिङ स्कुल संघ नेपाल र अन्य निजी स्कुल सञ्चालकहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै, यातायात कार्यालयले असोज १० गते सार्वजनिक गरेको सूचना असमान र निजी स्वार्थले प्रेरित रहेको बताएका छन्। उनीहरूले सो सूचना जारी गर्दा अन्य स्कुलहरूको सल्लाह र सरोकारवाला निकायसँग कुनै परामर्श नगरी निर्णय लिइएको भन्दै आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “यातायात व्यवस्था कार्यालयले केही निश्चित समूहलाई फाइदा पुग्ने गरी सूचना जारी गरेको देखिन्छ। यस्तो कार्यले पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तविपरीत असर पुर्‍याएको छ।” स्कुल सञ्चालकहरूले सो सूचनाको कार्यान्वयन तत्काल रोक्न, यथास्थितिमा परीक्षा प्रणाली सञ्चालन गर्न र यस विषयमा छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय