काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेको छ। बजार परिसूचक १४.८७ अंकले घट्दै २६३४.२३ विन्दुमा झरेको हो।
कुल ०.५६ प्रतिशतको गिरावटसँगै समग्र कारोबार रकममा पनि कमी आएको देखिएको छ। आज ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ, जसअनुसार २ करोड १८ लाखभन्दा बढी कित्ता शेयर कारोबारमा आएका थिए।
कुल ३१४ कम्पनीको शेयर कारोबार हुँदा १ लाखभन्दा बढी पटक कारोबार भएको थियो। तीमध्ये ७७ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर देखिएको छ।
१३ वटै उपसमूहमध्ये उत्पादन तथा प्रशोधन, जीवन बीमा, र विकास बैंक समूहमा क्रमशः ०.३४, ०.९५ र ०.८८ प्रतिशतले वृद्धि देखिएको छ। अन्य १० समूह भने घटेका छन्। सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा देखिएको छ, जुन २.४६ प्रतिशतले घटेको हो। त्यसैगरी, सबैभन्दा कम गिरावट म्युचुअल फण्ड समूहमा ०.१८ प्रतिशतले देखिएको छ।