Symbolic photo
काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको छ। प्रहरीले दिएको जानकारी अनुसार औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगो लागेको हो।
आगलागी नियन्त्रणका लागि नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका प्रहरी र अन्य सुरक्षा निकायका टोली खटिएका थिए। उनीहरूले समन्वयमा आगो नियन्त्रणमा लिएका छन्।
हाल आगलागी नियन्त्रणमा आएको छ भने क्षतिको विवरण यकिन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।