काठमाडौं - नेपाल धितोपत्र बोर्डमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति माग गरेको छ ।
आइपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएसँगै प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री निष्कासन गर्नेछ ।कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा हिमालयन क्यापिटलले रहेको छ ।