काठमाडौंं - आत्मनिर्भर लघुवित्त कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले बैंदेशिक रोजगारीमा रहेको नेपाली कामदारलाई निष्कासन गरेको आइपीओ सोमबार (फागुन ८ गते) बाँडफाँट गरेको हो ।
उक्त आइपीओमा २ हजार ३३ जना आवेदकले १० कित्ता सेयर हात पार्दा भाग्यमानी ८ जनाले ११ कित्ताका प्राप्त गरेका छन् । कम्पनीले माघ १६ गतेबाट फागुन २ गतेसम्म आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो ।कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्नु सकिन्छ !
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटः https://www.sunrisecapital.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइटः https://aatmanirbhar.org.np/