बुद्धभूमि नेपाल हाइड्रोपावरले फेरी प्राथमिक शेयर दिने


काठमाडौँ–बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर दिने भएको छ । नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाका लागि शेयर दिने लागेको हो । बुद्धभूमिले स्थानीयलाई एक लाख ६० हजार कित्ता शेयर दिने भएको छ ।


कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गरेका थिए । उनीहरुको निरन्तरको दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले  एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि  विरोधका कार्यक्रम स्थगित गरेका छन् । चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने  देखिएको छ ।
ती  गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता १०० रुपयाँका दरले एक लाख ६० हजार कित्ता शेयर दिन लिखित सहमति जनाएका हुन् ।

सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको समितिका सदस्य दुप्चेश्वर–६ का राजकुमार श्रेष्ठले जानकारी दिए। उनकाअनुसार यस समितिले  अति अससर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ । एकै कम्पनीको दोहोरो शेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपिओ  उनीहरूलाई नभर्न आग्रह गरिएको तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए।
 

प्रतिक्रिया