दोहोरो अंकले घट्यो नेप्से,कारोबार रकम दश अर्बमा सिमित

काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै २८.४४ अंकले ओरालो लागेको छ। यससँगै बजार २,८९२.२१ बिन्दुमा पुगेको छ। यद्यपि सूचक घटेपनि कारोबार रकम भने वृद्धि भएको छ।

आज ३२४ कम्पनीका २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। गत बिहीबार ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयरको कारोबार रकम ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ मात्र थियो।

म्युचुअल फण्ड र अन्य समूहबाहेक आज सबै उपसमूहका सूचकमा गिरावट आएको छ। विशेषगरी माइक्रोफाइनान्स समूह २.३५ प्रतिशत र विकास बैंक समूह २.३१ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया