माघ महिनाका लागि बैंकहरूले ब्याजदर,अधिकांशले पुसकै निरन्तरता

काठमाडौं । वाणिज्य बैंकहरूले माघ १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्, जबकि केहीले ब्याजदर घटाएका वा बढाएका छन्। लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाउँदै व्यक्तिगत मुद्दति निक्षेपमा ५.५ प्रतिशतबाट ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.५ प्रतिशतमै यथावत राखेको छ।

नेपाल एसबिआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन्। एसबिआईले व्यक्तिगत निक्षेपमा ५.५ प्रतिशत र संस्थागत निक्षेपमा ४.५ प्रतिशत ब्याजदर तोकेको छ, जसले पुस महिनाको तुलनामा क्रमशः ०.५ प्रतिशतले कमी आएको छ। यस्तै, कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ५.५१ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याज दिनेछ, जुन पुस महिनाको भन्दा थोरै कम हो।

अधिकांश बैंकहरूले पुस महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ५.६ प्रतिशत र संस्थागत निक्षेपमा ४.१५ प्रतिशत ब्याज तोकेको छ। सिटिजन्स बैंकले ५.६५ प्रतिशत र ४.५ प्रतिशत, ग्लोबल आइएमईले ५.७५ प्रतिशत र ४.२५ प्रतिशत ब्याज दिनेछन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत निक्षेपमा ६.५ प्रतिशत र संस्थागत निक्षेपमा ५.१ प्रतिशत ब्याज तोकेको छ भने माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ४ प्रतिशत ब्याज दिने भएको छ। सिद्धार्थ, एभरेष्ट, र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत ब्याज दिने भए पनि संस्थागत निक्षेपमा क्रमशः ५ प्रतिशत, ५ प्रतिशत, र ३.५ प्रतिशत ब्याजदर तोकेका छन्।

नबिल बैंकले व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत ब्याज दिनेछ भने सानिमा बैंकले ६.०५ प्रतिशत र ४.३ प्रतिशत ब्याज तोकेको छ। प्रभू बैंकले व्यक्तिगत निक्षेपमा ६.१ प्रतिशत र संस्थागत निक्षेपमा ५.१ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।

प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, र हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा ६.२५ प्रतिशत ब्याजदर तोकेका छन् भने संस्थागत निक्षेपमा क्रमशः ४ प्रतिशत, ३.२५ प्रतिशत, र ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछन्। एनआइसी एशिया र एनएमबि बैंकले व्यक्तिगत र संस्थागत निक्षेपमा क्रमशः ६.६ प्रतिशत र ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेकाछन्।

प्रतिक्रिया